काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तीन दिन देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आजदेखि तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो ।
उहाँले आउँदो तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।
महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो ।