कोरोना महामारी समाप्त भएको छैन: डब्लूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । 

डब्लूएचओले  ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us