अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउले आज पनि नयाँ कीर्तिमानी कायम गरेको छ ।

आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधबार डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो । पछिल्ला दिनमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

डलरको मूल्य बढेपछि आयातमुखी वस्तुको मूल्य बढ्ने भएकोले महँगी बढ्ने गर्दछ । तर वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्समा भने वृद्धि हुने गर्दछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us