काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बिहीबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।