काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ जाने भएका छन् । मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी जाने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन जान लागेका हुन् ।
नेकपा एकीकृत समाजवादी दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ । मन्त्री चौधरी आउने खबर पाएपछि दंगाली जनता खुसी भएको र उनलाई भब्य स्वागतको तयारी समेत गरीएको छ। उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्नेछन् ।