थप ६३ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र

काठमाडौं। थप ६३ जना फिल्मकर्मीलाई सरकारले विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली लगायत छन् । आर्थिक वर्ष २०७३र७४ को कार्यविधिअनुसार फारम भरेका फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको हो । यसअघि ४० जना फिल्मकर्मीलाई उक्त परिचयपत्र प्रदान गरिसकिएको छ ।

साथै परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us