७४.९३ अंकले बढ्यो नेप्से

काठमाडौं। शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ । बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ ।

बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ । बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयरको ४७ हजार पटक कारोबार भएको छ । बिहीवार बजार बढेको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोल जलविद्युत् कम्पनी र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।थप १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

बजार बढेको दिन पनि वरुण हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, ग्लोबल बैंक, बैंक अफ काठमाडौंको ऋणपत्र र सिटिजन म्युचुअल फण्डको शेयर मूल्य भने ३.३९ प्रतिशतसम्मले घटेको छ । बिहीवार बजारमा सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट छ । यसको ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us