प्रचण्डद्धारा नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गर्नुभएको छ । दाहालको जन्मजयन्तिका अवसरमा आज शालिक अनावरण गरिएको हो ।

नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरेको छ। स्वर्गीय दाहालले सगरमाथा आरोहण गरेको हुनाले उनलाई पर्वतारोहीको रुपमा सम्मान गर्दै शालिक निर्माण गरिएको संघले जनाएको छ ।

उक्त शालिक अन्तराष्ट्रिय पर्वतीय स्मृति पार्कमा निर्माण गरिएको हो । दाहालले २०६९ साल जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण टोलीमा दाहालकी श्रीमती विना मगरलगायत सहभागि थिए । प्रचण्डका छोरा प्रकाशको २०७४ सालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *