समवेदना प्रकट गर्न अहिराज बिजुक्छे निवासमा

काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले बताएका छन्।

पत्नीशोकमा रहेका बिजुक्छेको भक्तपुरस्थित निवासमा शुक्रबार पुगी समवेदना प्रकट गर्दै डा.अहिराजले सो कुरा बताएका हुन्।

राष्ट्रियता र देशभक्तिको सवालमा सधैं अटल रहने बिजुक्छेको राजनीतिक यात्राबारे प्रशंसा गर्दै उनले भने, ‘नेपालका राजनीतिज्ञहरुले नारायणमान बिजुक्छेबाट देशप्रति समर्पण र त्याग सिक्नुपर्छ।’ उनले राष्ट्रियता र देशभक्तिप्रति बिजुक्छेको सिद्धान्तलाई प्रसंशा गरेका छन्।

बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा असार ८ गते निधन भएको थियो। डा.अहिराजले बिजुक्छेको भक्तपुरस्थित निवासमै पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *