बहराइन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहराइन र संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीर्थराज वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो । 

त्यस्तै, उहाँले संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा.श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोमा लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *