पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित पुष्टि भएकाे छ। देशभर गरिएको १ हजार २०१ पीसीआर र १ हजार २६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ३१४ जना सक्रिय संक्रमित छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *