काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ ।
अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट भएको हो । भर्खरै कार्यकाल सम्हाल्नुभएका राजदूत श्रीवास्तवलाई अध्यक्ष नेपालले बधाई तथा कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।
उहाँहरुबीच नेपाल-भारत सम्बन्ध र समाजमा देखिएका समसामयिक विविध समस्या लगायतमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।