काठमाडौं । नेकपा(एकीकृत समाजवादी) को चुनाव चिन्ह कलम अङ्कित झन्डा लेनिन पिकमा फहराईने भएको छ ।
दोलखा जिरिका लाल बहादुर जिरेलले किर्गिस्तानको प्रसिद्द लेनिन पिकमा समाजवादीको कलम अङ्कित झन्डा फहराउन लागेका हुन ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब नेपालले पार्टी कार्यालयमा आरोही जिरेललाई झन्डा हस्तान्तरण गरे । जिरेलले यसअघि सगरमाथा सहितका हिमाल आरोहण गरिसकेका छन् ।