वीरगंज। निजी विद्यालयले विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै वीरगंजका अभिभावकहरु संघर्ष समिति नै बनाएर शनिवारबाट सडकमा उत्रिएका छन्।
निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनुपर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ।
वीरगंजका मेयर राजेशमान सिंहले केही दिनमा शिक्षा समितिले पूर्णता पाउने र समिति आएपछि वास्तविक शुल्क निर्धारण गरिने बताए।