आज वीरगन्ज महानगरपालिकाकाले श्वेतपत्र जारी गर्दै

काठमाडौं। वीरगन्ज महानगरपालिकाकाले आज श्वेतपत्र जारी गर्दै छ। नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंह नगरप्रमुखमा निर्वाचित भएको करिब दुई महिनापछि श्वेतपत्र जारी गर्न लाग्नुभएको हो।

महानगरपालिका कार्यालयको सभाकक्षमा आज (आइतबार) अपराह्न ३ बजे श्वेतपत्र जारी गर्न लागेको नगरप्रमुखको सचिवालयले जनाएको छ । महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सञ्चालनमा रहेका विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको सचिवालयको भनाइ छ ।

श्वेतपत्रमार्फत महानगरवासीलाई महानगरको विगतको नेतृत्वको काम, महानगरको वर्तमान आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था, सञ्चालन र निर्माणाधीन योजनाको अवस्थाबारे जानकारी गराइने भएको छ । महानगरले जारी गर्ने श्वेतपत्रले विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्थाबारे महानगरवासीलाई जानकारी हुने बताइएको छ । महानगरमा नयाँ नेतृत्व निर्वाचित भएसँगै गत जेठ २३ गते बसेको नगर कार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us