अछाममा सवारीसाधन बन्द

धनगढी । नेकपा एमालेसहितका पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् । 

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । आइतबार र सोमबार दुई दिन सवारी साधन बन्द रहने संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त प्रेस विज्ञप्ती नेकपा एमालेका जिल्ला कमिटी सचिव भीम रावल, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका आमन्त्रित प्रदेश सदस्य शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बम रावल, राप्रपाका जिल्ला कमिटी सदस्य दीपक विष्ट र विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us