५३ जना कोभिड १९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुईहजार १२० वटा नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ । ४७ हजार ४४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us