भिनाजुबाट साली बलात्कृत: भिनाजु पक्राउ

काठमाडौं। काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर घर भएका भिनाजु साजन प्रजालाई पक्राउ गरेको छ ।

बलात्कृत नाबालिग छिन् । कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us