काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठकले पुष्पकमल दाहालको अध्यक्षतामा ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।
पदाधिकारीको भने अझै टुंगो लगाएको छैन । बैठकमा अध्यक्ष दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गर्नुभएको छ ।
त्यसपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन् । बैठकले पदाधिकारीको समेत टुंगो लगाउने बताइएको छ ।