अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

काठमाडौं । अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएको छ ।  गत असार ४ गते औपचारिक भ्रमणमा गएका प्रधानसेनापति शर्माले तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनुभएको हो । उहाँले लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । 

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले 
असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नुभएको थियो । 

भ्रमणको क्रममा उहाँले मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षका बारेमा जानकारी लिनुभएको थियो । लेबनानका राष्ट्रपतिसँग पनि भेट गरेका प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमण पश्चात असार १३ देखि अमेरिका जानुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *