काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने भएको छ ।
कोषले आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो । कोष संचालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले थप प्रतिफल दिने निर्णय गरेको हो ।
२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने कोषले जनाएको छ ।
प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जनाएको छ ।