काठमाडौं। आज सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा ओर्लिएको छ । तर, यस दिन कारोबार रकम र कारोबार भएको सेयर कित्ताको संख्या भने उल्लेख्य रुपमा बढेको छ ।
यस दिन ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५ सय ९३ हजार रुपैयाँमा १ करोड ९ लाख ८१ ह्जार५ सय ९१ कित्ता सेयर कारोबार भएको छ । यस दिन ११६ कम्पनीको सेयर मूल्य घटेको छ । ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन मूल्यका आधारमा सबैभन्दा बढी मूल्य बढेका कम्पनीहरुमा सीवाईसी नेपाल लघुवित्त, न्यादी ग्रुप पावर, सामलिङ पावर, साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीलगायत रहेका छन् ।