अर्थमन्त्रालयको सिसिटिभी फुटेज प्रकरणको सत्यतथ्य छानबिन होस्: अध्यक्ष शाही

काठमाडौं । सत्तारुढ पार्टी निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले नेपाल सरकार माथी प्रश्न उठाएका छन् । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी बिरोध संसद र सडकमा बिरोध भैरहेका छन्।

अध्यक्ष शाहीले “एउटा पूर्व कर्मचारी (सुब्बा) मार्फत, करका दरहरु नै हेरफेर गर्नेगरी २०७९/०८० को बजेट निर्माणमा स्वार्थ समूहहरुको प्रभाब र हस्तक्षेप रहेको भन्ने कुरा गम्भीर विषय हो । विवाद र बहसको यस्तो विषय सार्बजनिक भैसकेपछि यसको गम्भिरता पूर्वक छानविन गरिनु पर्थ्यो ।

संसद मै १४ गतेको त्यस समयको सिसि टिभी फुटेज संसद लाई उपलब्ध हुनुपर्ने र यस सम्बन्धमा आबश्यक छानबिन गरी दोषिलाइ कार्बाही गर्नुपर्ने कुरा जोडदार रुपले संसदमा उठेको सन्दर्भमा सिसि टिभी फुटेज हरायो अथवा मुसाले सिसि टिभीको तार काटेर त्यो सुरक्षित गर्न सकिएन भन्ने तर्क गैरजिम्मेवारीको पराकाष्ठा हो ।

यसले थप संका जन्माएको छ र “करका दरहरुमा हेरफेर गर्न एउटा पुर्ब कर्मचारीको संलग्नता रहेको र यस्तो नितिगत भ्रष्टाचारमा उपल्लो स्तरको ब्यक्तिहरुको पनि संलग्नता रहेको” भन्ने कुरालाइ यसले थप बल पुर्‍याएको छ । सरकारको नीति कार्यक्रममा स्वार्थ समुहहरुको भुमिका र उपस्थिति देखिनु गम्भीर बिषय हो, यो कुनै दल वा समुहको मात्रै नभै आम जनसरोकारको सवाल हो ।

३ महिनासम्म सिसि टिभीको रेकर्ड सुरक्षित गर्नुपर्ने कानुनी प्राबधान हुदैहुदै सिसि टिभी फुटेज हरायो भन्नू कानुन बिपरितको कार्य पनि हो । यस्तो देशको आर्थिक, राज्यको पारदर्शिता र आम जनताको सुचनाको सवालमा, बजेट निर्माणको समय (असार १४ गते) को सिसि टिभीको फुटेज तथा यो बिषयमा आबश्यक छानबिन गरि सत्यतथ्य सार्बजनिक गर्न नेपाल सरकार सग माग गर्दछु।” आज नै प्रतिपक्ष दलका नेता केपी शर्मा ओलिले संसदमा सरकार र अर्थमन्त्रीको विषयमा गम्भीर प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *