नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।

सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारी बैठक बस्न लागेको हो ।  कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ।

कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनित हुन बाँकी छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनित गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनित गर्नुभएको छैन ।  विधानअनुसार छ महिनाभित्र मनोनित गरिसक्नुपर्छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *