काठमाडौं। माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। प्रज्ञा भवन कमलादीमा ११ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने छ। स्थगित गर्नुपर्ने कारण भने खुलाइएको छैन।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा र राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोमबार भने प्रदेश इन्चार्जहरुले पार्टीको पछिल्लो अवस्था र आगामी कार्यदिशाबारे धारणा राखेका थिए। सोमबारको बैठकमा माओवादी पार्टी कमजोर हुँदै गएको र एमालेसँग पुनः वाम एकता गर्नुपर्ने माग नेताहरुले गरेका थिए। पार्टी अध्यक्ष प्रचण्डले छलफलमा उठेका प्रश्नको जवाफ दिने सूची आज रहेको थियो।