काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई एकीकृत समाजवादीले प्रशिक्षण दिने भएको हो।
सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको थियो। जसअनुसारजनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।
स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइने महासचिव बेदुराम भुसालले बताए।