दिउँसो ३ बजे मन्त्रि परिषद्को बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठकक बोलाउनु भएको छ।

बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्तिपरिषद्को बैठक बोलाइएको हो। अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाब दिइरहेका छन्।

सोमबारको संसद्मा प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्नुभएको थियो। कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राख्नुभएको थियो। जनता समाजवादी पार्टीबाट सोमबार मात्रै शपथ लिनुभएका तीन मन्त्रीको पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us