यती एयरलाइन्सले इनफ्लाइट इन्टरटेनमेन्ट सेवा दिने

काठमाडौं। यती एयरलाइन्सले आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमा पहिलो पटक इनफ्लाइट इन्टरटेनमेन्ट सेवा दिने भएको छ। आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव हुने गरी मनोरञ्जन सेवा सुरू गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु पनि हुनेछ ।

‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ। इनफ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत(संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ। विश्वस्त छौं, यती एयरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ,’ उहाँले भन्नुभयो।

यसका लागि आवश्यक तयारी र परिक्षण भइरहेको र परीक्षणपछि यतीको सम्पूर्ण वायुयानहरुमा यो सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us