माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनुहुने कार्यसूची छ ।

यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार अध्यक्ष दाहालले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी समेत छ।सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने अध्यक्ष दाहालको भनाइ छ । उहाँले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गर्नुभएको छ ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *