नबिल र नेपाल बङ्गलादेश बैंकको असार २७ देखि एकीकृत कारोबार शुरु: बैंकको नाम ‘नबिल बैंक लिमिटेड’

काठमाडौं । नबिल बैक र नेपाल बङ्गलादेश बैंकले सोमबार (असार २७) देखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । त्यो दिनदेखि एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ ।

नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूले सोमबारबाट नबिल बैंकको प्रादेशिक शाखा कार्यालयको रूपमा कारोबार शुरु गर्ने जनाइएको छ । उक्त कार्यको निम्ति भोलिदेखि सोमबार बिहानसम्म आफ्ना सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुने नबिल बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकमा पनि आजको कार्यालय समयपछि सोमबार बिहान कार्यालय समयसम्म सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड तथा बंगलादेश बैंकको क्रेडिट कार्ड भने सञ्चालनमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *