काठमाडौं। पञ्जाबका मुख्यमन्त्री भागवंत मान विवाह बन्धनमा बाँधिएका छन्। ४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा. गुरप्रीत कौरसँग विवाह गरेका हुन्। मान र गुरप्रीतको भेट करिब ४ वर्षअघि भएको थियो। बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएका थिए।
यो मुख्यमन्त्री मानको दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग भएका थिए। पहिलो श्रीमतीबाट उनका एक छोरा र एक छोरी छन्। उनीहरु हाल अमेरिकामा बस्दै आएका छन्।