काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२५ सदस्यीय पोलिटव्युरो प्रस्ताव गर्नुभएको छ। प्रज्ञा प्रतिष्ठानमा बिहीबार उहाँले प्रस्तावित १२५ सदस्यको नाम पढेर सुनाउनु भएको थियो।
प्रचण्डले प्रस्ताव गरेको सूचीमा उहाँका छोरी, बुहारी र भाइसमेत पर्नुभएको छ। सूचीमा प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी बिना मगर र नारायण दाहाल पर्नुभएको छ। परिवारका सदस्यहरुलाई केन्द्रीय सदस्य बनाएपछि यसअघि नै नेता कार्यकर्ताहरुले प्रचण्डको विरोध गरेका थिए।
पोलिटव्युरो सदस्यको सूचीमा समेत विरोध भएको छ। प्रचण्डले सुनाएको सूची मान्य नहुने भन्दै नेताहरुले विरोध जनाएपछि केही समयका लागि बैठक स्थगित भएको छ।