कृषि विकास बैँकद्वारा १५२ पदका लागि कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ ।  बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत शाखा प्रमुख, ४७ व्यवसाय अधिकृत अधिकृत, १७ कम्युटर अधिकृत, तीन इन्जिनियर सिभिल र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।
कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।  साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us