प्रतिनिधिसभाको बैठक नहुँदा पनि राष्ट्रियसभा विशेष भूमिका सहित चल्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा नभएको बेलामा पनि राष्ट्रियसभालाई भूमिका सहित चलाउनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रियसभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

गत शुक्रवार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रियसभामा आएका विधेयकहरुको साठ्ठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रियसभाले मेहनत साथ पारित गरेर पठाएका विधेयकहरु शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयहरुमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले यस सन्दर्भमा उपयुक्त समयमा विषयको उठान हुने र सम्बोधन पनि हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रियसभा भएको बेलामा राष्ट्रियसभाबाट पनि बजेट पारीत गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us