धरान उपमहानगरपालिकाले मेयर चढ्ने गाडी बिक्री गर्ने

काठमाडौं। धरान उपमहानगरपालिकाले मेयर चढ्न किनेको गाडी बिक्री गर्ने निर्णय गरेको छ। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गर्नुभएको थियो। मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकालको बैठकबाट पारित भएको हो।

‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भन्नुभयो। मेयर निर्वाचित भए पनि साम्पाङ प्राय आफ्नो मोटरसाइकल प्रयोग गर्नु हुन्छ। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गर्नु भएको छ।

‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us