त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुको ‘क्याम्पस बचाउ’ अभियान सुरु

काठमाडौं। त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए । जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको छ ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने रु लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us