काठमाडौं। अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी २० क्रिकेट विश्वकपको ट्रफी नेपाल ल्याइने भएको छ । विश्वकप अघि विश्वकपको ट्रफी टुरका क्रममा ट्रफीलाई नेपाल ल्याइने आईसीसीको तालिकामा रहेको छ ।
तालिका अनुसार अगस्ट ३० र ३१ तारिखमा ट्रफी काठमाडौँ हुनेछ । नेपाल हुँदै ट्रफी सिंगापुर लगिने तालिका समेत रहेको छ । ट्रफी टुर जुलाई ८ बाट सुरु भएर अक्टुबर १६ मा अन्त्य हुनेछ । ट्रफीलाई विभिन्न २९ स्थानमा टुर गराइनेछ । विश्वकपका लागि एक सय दिन बाँकी रहेको छ ।