नेप्से ३४.७० अङ्कले घट्यो

काठमाडौं। शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्क भन्दा तल झरेको छ । आज शुक्रवार ३४.७० अङ्कले घटेर १९९२.६२ अङ्कमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको हो ।

दुई सय १७ वटा कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us