राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूतको नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त गर्नुभएको हो

राष्ट्रपति कार्यालयका अनुसार ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्र नियुक्त हुनुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उहाँहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *