एकीकृत समाजवादीको प्रमुख सचेतकको जिम्मेवारी यादवलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरला यादवलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय  गरेको छ। शुक्रवार बसेकाे  केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय  गरेको हाे ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१ औं बैठकले सुदूरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष  पदमा पार्टीका पूर्व सांसद एवं केन्द्रीय सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *