पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । नेपालमा केही दिनदेखि काेराेना संक्रमितकाे संख्या तीव्ररूपमा वृद्धि भइरहेकाे छ । छिमेकी देश भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितकाे संख्या बढेकाे देखिएकाे हाे ।

पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३१ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६७ हजार ६५६ पुगेको छ। याेअवधिमा काेराेनाका कारणा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ । देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *