आज ११ जुलाई विश्व जनसंख्या दिवस

काठमाडौं। सन् १९९० देखि हरेक वर्ष ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रुपमा मनाइने गरिएको छ। १९८९ मा युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्रामको गवर्निङ काउन्सिलले ११ जुलाईलाई विश्व जनसंख्या दिवसको रुपमा मनाउने निर्णय गर्‍यो। यस पछि १९९० मा विश्वमा पहिलो पटक ‘विश्व जनसंख्या दिवस’ मनाइएको थियो।

१९८७ को ११ जुलाईमा विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो। यस्तोमा बढ्दो जनसंख्यासँग जोडिएको मुद्दा र पर्यावरण, विकास माथि यसको असरलाई लिएर विश्वभरका मानिसलाई जागरूक गर्नु पर्ने महसुस गरिएको थियो। यसलाई ध्यानमा राखेर संयुक्त राष्ट्र संघले विश्व पर्यावरण दिवस मनाउन सुरु गरेको थियो।

संयुक्त राष्ट्र संघीय जनसंख्या परिषद्ले विश्व जनसंख्या दिवसलाई मानवीय प्रगतिको उत्सको रुपमा मनाउनु पर्ने जनाएको छ। विश्व जनसंख्या कोषको आँकडा अनुसार विश्वको कुल जनसंख्या अहिले करिब ७ अर्ब ९५ करोड ४० लाख रहेको छ। जसमध्ये ६५ प्रतिशत १५ देखि ६४ वर्ष उमेर समूहको रहेको छ। ६५ वर्ष भन्दा माथिको उमेर समूहको १० प्रतिशत र १४ वर्ष भन्दा कम उमेरका २५ प्रतिशत हिस्सेदारी रहेको छ। युएनएफपीएका अनुसार आगामी केही महिनामा विश्वको जसंख्या ८ अर्ब पुग्न सक्छ।

विश्वको जनसंख्या १ अर्ब हुन लाखौं वर्ष लागेको थियो तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्ष लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *