काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावअघि कुनै पनि पार्टीले एकता गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । नेकपा एस पार्टी अहिले संगठन विस्तारमा लागि परेको उहाँको भनाइ छ ।
कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकीकृत समाजवादी पार्टी अन्य कुनै पार्टीसँग एकता नहुने बताउनु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला अध्यक्ष नेपालले निर्वाचनअघि पार्टी एकता असम्भव भएको बताउनु भएको हो ।
‘आउँदो चुनावअघि हाम्रो पार्टीले कुनै पार्टीसँग एकता गर्दैन, एकीकृत समाजवादी एक्लै होमिन्छ, यदि कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो ।’ नेपालले भन्नुभयो