काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।
यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।