हतियार किन्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ । कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्ने योजना ल्याएको एमालेको आशंका छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा करोडौंको हतियार किन्ने योजना के कारणले अगाडि ल्याएको हो भनेर प्रश्न गर्नुभएको थियो । ‘गठबन्धनमा बसेका साथीहरूलाई पैसा चाहिएको छ । कमिसन चाहिएको छ । यो कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना हो । राष्ट्र बैंकले दर्जनौं वस्तुमा आयात रोक लगाएको अवस्थामा फेरि अर्थतन्त्रलाई मारमा पार्ने गरिकन करौडौंको हतियार किन्ने योजना आउनु राष्ट्रघात हो । हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका हो,’ उहाँले भन्नुभयो, ‘गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता होस् ।’

नेपाल प्रहरीका लागि हतियार खरिद गर्नु राष्ट्रघात भएको र समुदायमा रहेर काम गर्ने भएकाले सेनालाई जस्तो हतियार प्रहरीलाई आवश्यक नभएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us