बलात्कार मुद्दामा हदम्याद बढाउने ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक पारित भएको छ। कानुन, न्याय तथा मानव अधिकार मन्त्री गोबिन्द शर्मा कोइरालाले पारितका लागि गर्नुभएको प्रस्ताव संसदमा सर्वसम्मत रूपमा पारित भएको हो ।

समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो । यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो । मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर हदम्याद बढाउन लागिएको हो ।

बलात्कार मुद्दामा हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही नहुने व्यवस्था संशोधन गर्न लागिएको हो । समितिको सहमति अनुसार अब नाबालिका बालिक भएको उमेर तीन वर्षसम्म पनि उजुरी गर्न पाइने छ। त्यस्तै बालिकको हकमा भने दुई वर्षसम्म उजुरी गर्न पाइने छ ।

यसअघि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा र राष्ट्रियसभामा संकल्प प्रस्तावसमेत दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us