बुटवल नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।
सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो ।

उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो । बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७ हजार ३९३ जनालाई पूर्ण खोप लगाइएको प्रमुख पाण्डेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us