धर्म परिर्वतन नगर्न हिन्दू धर्म गुरूहरूकाे आग्रह

काठमाडाैं । राष्ट्रिय सनातन धर्म संस्कृती महासंघले काठमाडौंमा आयोजना गरेको दुई दिने राष्ट्रव्यापी वौदिक सनातन धर्म सम्मेलनको समापन भएको छ ।

आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा समापन गरिएको हो ।

देश तथा विदेशका धर्मगुरुको बाक्लो उपस्तिथिमा समपन्न भएको सो समारोहमा नेपालमा आयातित धर्मप्रति आकर्षित भएर धर्म परिर्वतन गर्नेहरु दिनदिनै बढ्दै गएको धर्म गुरुहरुले बताउनुभयो ।

विभिन्न धर्म र जिल्लाबाट समारोहमा सहभागी जनाउन आएका धर्म गुरुले कसैको डर र लोभलालचमा परेर धर्म परिर्वतन गर्न नहुने भन्दै यस्ता कुरामा सजक हुन सबैलाई आग्रह गर्नूभयो । बढ्दै गएको धर्मान्तरको समस्याको समाधानका लागि सबै एक जुट भएर लाग्नु पर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ छ ।

विभिन्न धर्मगुरुको समपन्न भएको उक्त सम्मेलनमा सनातन हिन्दू राष्ट्रका अवधारणा र औचित्य, सनातन धर्म र सामाजिक सांस्कृतिक विभेद र वर्तमान अवस्था, वौदिक सभ्यताको महत्व र धर्मान्तरणका चुनौती र समाधानका उपायका विषयमा छलफल गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us