बुटवल। लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा खाद्य बालीले ढाकेको क्षेत्र २.६४ प्रतिशतले वृद्धि भई ७ लाख ९६ हजार ८५९ हेक्टर कायम भएको छ । प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार कोदो, फापर, गहुँजस्ता बालीको क्षेत्रफल वृद्धि भएको छ । गुल्मी र नवलपरासी पश्चिम जिल्लामा कोदो बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ । यस्तै पूर्व रुकुम, रोल्पा, प्युठान र दाङ जिल्लामा फापर बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको जनाइएको छ ।
प्रतिवेदनमा कोदो बालीले ढाकेको क्षेत्रफल २१०.६६ प्रतिशतले र फापर बालीले ढाकेको क्षेत्रफल १६७।.४५ प्रतिशतले वृद्धि भएको छ । मकै, गहुँ, आलु आदि बालीको क्षेत्रफल पनि वृद्धि भएको जनाइएको छ । प्रदेशमा दाङ जिल्ला खाद्य बालीले क्षेत्रफल ओगट्ने जिल्लाको सूचीमा सबैभन्दा अगाडि छ । पछिल्लो आर्थिक सर्वेक्षणमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै खाद्य बालीको क्षेत्रफल दाङ जिल्लामा छ भने सबैभन्दा कम पूर्व रुकुम जिल्ला पर्दछ ।