उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौं। प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते अर्थात् शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिनुभयो ।

साथै उहाँले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई उपभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशित गर्न निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us